images
images

मधेश प्रदेश प्रमुखको सर्वदलीय बैठक सात दलद्वारा बहिष्कार

काठमाण्डौ – मधेश प्रदेश प्रमुखले बोलाएको सर्वदलीय बैठक सात दलीय गठबन्धनले बहिष्कार गरेको छ। प्रदेश प्रमुख डा. सुरेन्द्र लाभले दिउँसो ३ बजे बैठक आह्वान गरेका थिए। तर सो बैठकमा मुख्यमन्त्री सरोजकुमार यादव नेकपा एमाले संसदीय दलका नेता भएको हैसियतमा सहभागी हुने भएपछि गठबन्धनका दलहरूले बहिष्कार गर्ने निर्णय गरेका हुन्।

गठबन्धनका अनुसार ‘असंवैधानिक रूपमा’ नियुक्त भई होटलमै शपथ लिएका वर्तमान मुख्यमन्त्री बैठकमा बस्नु अनुचित भएकाले उनीहरूले बैठकमा नजाने बताए। यसबिच, आजै उपसभामुख बबिताकुमारी राउत ईशरले मधेश भवनको प्राङ्गणमा नै प्रदेशसभा सञ्चालन गरेकी थिइन्। पूर्वमुख्यमन्त्री तथा जसपा संसदीय दलका नेता सरोजकुमार यादवले खुला स्थानमै प्रदेशसभाको बैठक आह्वान गरेपछि उपसभामुखले सोही ठाउँमा बैठक चलाएकी हुन्।

सात दलले पदीय आचरणविपरीत कार्य गरेको आरोप लगाउँदै सभामुख रामचन्द्र मण्डलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका छन्। आफूविरुद्ध अविश्वास प्रस्ताव आएपछि सभामुख मण्डलले पाँच सांसदलाई पदमुक्त गरेका थिए। यसैक्रममा सात राजनीतिक दलले जनकपुरमा आफ्ना कार्यकर्तामार्फत प्रदर्शन पनि गरेका छन्।

प्रतिक्रिया दिनुहोस्