मधेस प्रदेश सरकारले अविश्वास प्रस्ताव दर्ता भएको दिन नै प्रदेश सभामा ठूलो राजनीतिक हलचल देखिएको छ। सभामुख रामचन्द्र मण्डलले लगातार १० बैठकमा अनुपस्थित रहेको भन्दै जनता समाजवादी पार्टी (जसपा) का चार र नागरिक उन्मुक्ति पार्टीका एक गरी पाँच सांसदलाई पदमुक्त गर्ने सूचना जारी गरेका थिए।
तर केही समयमै उपसभामुख बबिता कुमारी राउतले अर्को सूचना प्रकाशित गर्दै सभामुखको निर्णयलाई बदर गरेकी छिन्। उनले सभामुख मण्डलविरुद्ध पदअनुकूल आचरण नगरेको आरोपमा महाभियोग प्रस्ताव दर्ता भइसकेकाले उनको पद स्वतः रिक्त हुने दाबीसमेत गरेकी छन्। त्यसैले पदमुक्तिको निर्णय अमान्य हुने र लागू नहुने उनले स्पष्ट गरेकी छिन्।
सभामुख मण्डल एमालेबाट निर्वाचित हुन्, जबकि उपसभामुख राउत जनमत पार्टीबाट निर्वाचित भएकी हुन्। अविश्वास प्रस्तावसँगै प्रदेशसभामा सत्ता समीकरण फेरिने संकेत देखिएको छ।













प्रतिक्रिया दिनुहोस्