सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आफू मन्त्री बनेपछि पुराना साथीहरुसँगको सम्बन्ध घटेको बताएका छन् । कामको चापका कारण तनाव पनि बढेको उनले बताए ।
प्रेस काउन्सिल नेपालले आज आयोजना गरेको एक कार्यक्रममा मन्त्री खरेलले जीवनमा आउने दुख र संघर्षमा पनि खुसी हुन सके जीवनका अधिकांश समय सुखमय बन्ने धारणा राखे ।
लामो समयसम्म पत्रकारिता क्षेत्रमा सक्रिय रहँदै अहिले मन्त्रीको जिम्मेवारी सम्हालेको अनुभव सुनाउँदै उनले भने, ‘दुख जीवनभर रहन्छ, तर सुख क्षणभरको हुन्छ । त्यसैले दुस्खमा समेत खुसी हुनसक्नु नै जीवनको सबैभन्दा ठूलो उपलब्धि हो । मनमा शान्ति र खुसी हुनु नै जीवनको सुख हो ।’
उनले जीवनमा आउने कठिनाइ र चुनौतीलाई नकारात्मक दृष्टिले नभइ आत्मसन्तुष्टि र सकारात्मक सोचसहित स्वीकार गर्न सके मानसिक शान्ति दीर्घकालीन रूपमा कायम रहने विश्वास व्यक्त गरे ।
आज प्रेस काउन्सिल नेपालले जीवन विज्ञानसँगको सहकार्यमा ‘संवाद र सञ्चारमा स्वजागरणस् सुख, शान्ति र समृद्धिको जागरण’ कार्यक्रम आयोजना गरेको थियो ।










प्रतिक्रिया दिनुहोस्