images
images

सुकुम्बासीको पक्षमा दुर्गा प्रसाईं, बालेनलाई ठेगान लगाउने चेतावनी

सुकुम्बासीको पक्षमा दुर्गा प्रसाईं, बालेनलाई ठेगान लगाउने चेतावनी

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहविरुद्ध लड्न सहयोग गर्ने घोषणा गर्दै व्यवसायी दुर्गा प्रसाईं आइतबार मनोहरा सुकुम्बासी बस्ती पुगेका छन्।

सुकुम्बासी बस्ती खाली गर्न महानगरले दिएको एक साताको अल्टिमेटम सकिँदै गर्दा प्रसाईं सुकुम्बासीहरूको समर्थनमा अगाडि आएका हुन्। उनले त्यहाँ आयोजित भेलामा सम्बोधन गर्दै मंसिर ७ गतेदेखि सुरु हुने आफ्नै अभियानमा सुकुम्बासीहरूको समर्थन मागेका छन्।

प्रसाईंले सुकुम्बासीलाई हटाउने प्रयास गर्नेहरूको घरपरिवारमाथि पनि उस्तै कदम चाल्ने चेतावनी दिए। साथै उनले सम्पूर्ण राजनीतिक दल र मेयर बालेन शाहलाई “ठेगान लगाउने” चेतावनीसमेत दिए।

दलहरूले सुकुम्बासी समुदायलाई भोट बैंकका रूपमा मात्र प्रयोग गरेको आरोप लगाउँदै प्रसाईंले भने, “म भोट माग्दिनँ, बरु सबैलाई पक्की घर बनाउन मद्दत गर्छु।”

प्रतिक्रिया दिनुहोस्