images
images

जेनजी आन्दोलन अनुसन्धानका लागि प्रहरी इन्चार्जहरूलाई उपत्यका नछाड्न आदेश

काठमाडौँ – नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा काठमाडौँ उपत्यकामा सर्वाधिक क्षति पुगेका क्षेत्रका प्रहरी इन्चार्जहरूलाई उपत्यका नछाड्न निर्देशन दिएको छ प्रहरी प्रधान कार्यालयले भदौ २३ र २४ गतेका घटनासम्बन्धी जाँचबुझ आयोगले जुनसुकै समयमा सोधपुछका लागि बोलाउन सक्ने भन्दै सम्बन्धित इन्चार्जहरूलाई हाललाई उपत्यकामै रहन परिपत्र गरेको हो।

आयोगको सचिवालयबाट कात्तिक १६ गते प्राप्त पत्रका आधारमा प्रहरी प्रधान कार्यालयको प्रशासन शाखाले उक्त निर्देशन काठमाडौँ उपत्यका प्रहरी कार्यालयमा पठाएको जनाएको छ।

पत्रमा भनिएको छ, “जेनजी आन्दोलनका क्रममा बढी क्षति भएका क्षेत्रका प्रहरी इन्चार्जहरूलाई सोधपुछका लागि कुनै पनि बेला आयोगमा उपस्थित हुन बोलाउनुपर्ने हुनाले हाललाई काठमाडौँ उपत्यका नछाड्ने व्यवस्था मिलाउन अनुरोध गरिएको छ।”

प्रतिक्रिया दिनुहोस्