images
images

बन्चरे डाँडामा फोहोर विसर्जन ठप्प, उपत्यकाको फोहोर व्यवस्थापन अनिश्चित

नुवाकोट : काठमाडौं उपत्यकाको फोहोर विसर्जन स्थल ओखर पौवास्थित बन्चरे डाँडामा फेरी फोहोर फाल्न रोक लगाइएको छ। स्थानीयवासीले पहिलेको १८ बुँदे माग पूरा नगरेको भन्दै बुधवारदेखि फोहोर विसर्जन रोक गरेका हुन्। जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार, फोहोर बोकेर आएका ५० भन्दा बढी ट्रक साइटमा प्रवेश गर्न नपाएपछि फर्किएका छन्। बन्चरे डाँडा ल्याण्डफिल साइटमा काठमाडौँ, ललितपुर, भक्तपुर तथा काभ्रेको फोहोर विसर्जन गरिन्छ। दैनिक रूपमा करिब २५०–३०० ट्रक फोहोर फालिँदै आएको छ।

स्थानीयवासीले २०७९ साल जेठ २ गते काठमाडौँ महानगरपालिका र सरोकारवालासँग भएको सहमतिका १८ बुँदे माग कार्यान्वयन नहुँदा आन्दोलन सुरु गरेको बताएका छन्। ती मागमा घर–टहरा क्षतिपूर्ति, फोहोर ढुवानी सडकको जग्गाको व्यवस्था, फोहोर विसर्जन स्थल र बाटोमा पहिरो नियन्त्रण, प्रभावित बस्तीको व्यवस्थापन, फोहोरको वैज्ञानिक अध्ययन र छुट्ट्याउने काम, फोहोरमा लिच्चड नछुहिने व्यवस्था लगायत समावेश थिए।

स्थानीयवासीको अनुसार सहमति कार्यान्वयन नहुँदा फोहोरबाट दुर्गन्ध फैलिएको, सरुवाजन्य रोगको जोखिम बढेको र दैनिक जीवन प्रभावित भएको छ। विद्यार्थीसमेत सहभागी भएका आन्दोलनमा प्लेकार्ड वाक गरिएको थियो। सहमति कार्यान्वयनका लागि सम्बन्धित निकायको चासो नहुँदा स्थानीयवासी आक्रोशित भएका हुन्। फोहोरको वैज्ञानिक व्यवस्थापन र सहमति कार्यान्वयन हुनैपर्छ।

स्थानीयवासीले फोहोर विसर्जनमा रोक लगाउँदा प्रभावित क्षेत्रको संरक्षण, शिक्षाको गुणस्तर सुधार र फोहोर व्यवस्थापन वैज्ञानिक रूपमा गर्नुपर्ने माग राखेका छन्।

प्रतिक्रिया दिनुहोस्