images
images

नेपाल र यूएईबीच निर्णायक भिडन्त आज बिहान सवा ११ बजे

काठमाडौं : आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा आज नेपालले घरेलु टोली यूएईसँग प्रतिस्पर्धा गर्दै छ। दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा खेल नेपाली समयअनुसार बिहान सवा ११ बजे सुरू हुनेछ। यो लिग–२ चक्रको ८८औं खेल हो।

एकदिवसीय अन्तर्राष्ट्रियमा कमजोर फर्ममा रहेका दुवै टोलीका लागि यो खेल पुनरागमन गर्ने अवसरका रूपमा रहेको छ। दुबै एसियाली टोली अमेरिकासँग पराजित भइसकेका छन्।नेपालले पछिल्लो खेलमा अमेरिकासँग १०६ रनले लज्जास्पद हार बेहोरेको थियो भने यूएई पनि अमेरिकासँग ४ विकेटले पराजित भएको थियो।

हालसम्म नेपाल र यूएईबीच ९ एकदिवसीय खेल भएकोमा नेपालले ४ र यूएईले ५ खेल जितेका छन्। लिग–२ को अंकतालिकामा नेपाल १७ खेलमा ५ जित र १० हारसहित १२ अंकका साथ सातौं स्थानमा छ। समान खेल खेलेको यूएई ३ जितसहित ६ अंकमा पुछारमा रहेको छ।

प्रतिक्रिया दिनुहोस्