images
images

सावित्राको दुई गोलमा भारतमाथि नेपालको शानदार जित

भारतको शिलोङस्थित जवाहरलाल नेहरू रंगशालामा आज भएको खेलमा कप्तान सावित्रा भण्डारी (साम्बा) को उत्कृष्ट प्रदर्शनका दममा नेपालले भारतलाई २–१ गोल अन्तरले पराजित गरेको हो।

खेलको दोस्रो मिनेटमै सावित्राले विमला विकको लामो पासमा भारतीय डिफेन्डरलाई पछि पार्दै गोल गर्दै नेपाललाई अग्रता दिलाइन्। त्यसपछि ६३औँ मिनेटमा उनले नै दोस्रो गोल गर्दै टोलीको जीत सुनिश्चित गरिन्। भारतका लागि ८१औँ मिनेटमा करिश्मा सिरभोकरले एक गोल फर्काइन्, तर बाँकी समयमा भारतले बराबरी गोल गर्न सकेन।

यस जितसँगै नेपाल प्रतियोगिताको उप–विजेता बनेको छ। यसअघि नेपालले पहिलो खेलमा इरानसँग ३–० को हार बेहोरेको थियो। इरानसँग २–० ले पराजित भएको भारत भने प्रतियोगितामा अङ्कविहीन रह्यो।

प्रतिक्रिया दिनुहोस्