images
images

नेपालले अमेरिकासँग १ सय ६ रनले पराजय बेहोरो

काठमाडौँ (हाम्रो खेलकुद) – नेपालले आज युएई त्रिकोणात्मक सिरिज अन्तर्गत अमेरिकासँग १ सय ६ रनको पराजय बेहोरेको छ। यस हारसँगै अमेरिका लिग टु अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ। जितको लागि २ सय ६३ रनको चुनौती पछाएको नेपाल ३९.१ ओभरमा सबै विकेट गुमाउँदै १ सय ५६ रनमा अल आउट भयो। नेपालले शुरुवातमै ओपनर कुशल भुर्तेललाई गुमाएको थियो र त्यसपछि पनि कुनै महत्वपूर्ण साझेदारी बनाउन सकेन। कप्तान रोहित पौडेल मात्र २ रनमा आउट भए भने सर्वाधिक योगदान ४० रनसहित दिपेन्द्रले गरे।

अमेरिकाको जीतमा हर्मित सिंहको बलिङ निर्णायक रह्यो। उनले ८ ओभरमा १ मेडन सहित ६ विकेट लिए। शुभम रानजानेले २ विकेट लिए। अमेरिकाले ५० ओभरमा ६ विकेट गुमाउँदै २ सय ६२ रन बनाएको थियो। स्मित पटेल र साइतेजा मुक्कामल्लाले तेस्रो विकेटको लागि ९५ रनको साझेदारी गरे। नेपालका लागि बलिङमा सन्दीप लामिछाने १० ओभरमा ५६ रन खर्चेर २ विकेट लिएका थिए भने सोमपाल, दिपेन्द्र र आरिफले समान १–१ विकेट लिए।

यो हारसँगै नेपालले लिग–२ मा १० औं हार भोग्दै १२ अंकसहित अंक तालिकाको सातौँ स्थानमा छ। अमेरिकाले ३० अंक सहित शीर्ष स्थान कायम गरेको छ। नेपालले अब बिहिवार युएईसँग खेल्नेछ।

प्रतिक्रिया दिनुहोस्