images
images

तिहार सकिएसँगै तराई–मधेशमा छठ पर्वको चहलपहल

काठमाण्डौ – यस वर्षको तिहार पर्व भाइटीका लगाएसँगै सकिएको छ। तिहारको समाप्तिसँगै तराई–मधेश क्षेत्रमा अब छठ पर्वको तयारी र चहलपहल सुरु भएको छ। छठ पर्व कात्तिक शुक्ल चतुर्थीका दिनदेखि आरम्भ भई षष्ठीको दिन सूर्य आराधनासँगै सम्पन्न हुने परम्परा रहेको छ।

पर्व नजिकिँदै जाँदा तराईका विभिन्न पोखरी तथा नदी किनारामा सरसफाइ र सजावटको काम तीव्र रूपमा भइरहेको छ। मिथिलाञ्चल क्षेत्रका घडिअर्वा पोखरी, नगवापोखरी, छपकैया पोखरी, श्रीपुर र रानीघाटलगायत स्थानमा स्थानीयवासीहरू सरसफाइ र सजावटमा सक्रिय छन्। वीरगञ्जस्थित घडिअर्वा पोखरीमा करिब दुई दशकदेखि निरन्तर छठ पर्व धूमधामका साथ मनाइँदै आएको छ।

यस वर्ष छठ पर्वको मुख्य दिन कात्तिक १० गते, अर्थात् कात्तिक शुक्ल षष्ठीका दिन परेको छ।

प्रतिक्रिया दिनुहोस्