images
images

अर्थमन्त्री खनाल र एडीबी अध्यक्षबीच भेट, नेपालका विकास परियोजनाबारे विस्तृत छलफल

विश्व बैंकको वार्षिक बैठकमा सहभागी हुन अमेरिकामा रहेका अर्थमन्त्री रामेश्वरप्रसाद खनालले बुधबार एसियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो काण्डासँग भेटवार्ता गरेका छन् ।

भेटमा नेपालमा एडीबीको सहकार्यमा सञ्चालित परियोजनाहरूको प्रगति, उपलब्धि र कार्यान्वयनका चुनौतीबारे विस्तृत छलफल भएको अमेरिकास्थित नेपाली राजदूतावासले जनाएको छ ।अर्थमन्त्री खनालले नेपालका पूर्वाधार, ऊर्जा, शिक्षा र आर्थिक सुधार क्षेत्रमा एडीबीको सहकार्यले महत्वपूर्ण योगदान पुर्‍याएको उल्लेख गर्दै आगामी दिनमा पनि सहकार्य अझ सुदृढ बनाउने इच्छा व्यक्त गरे ।

त्यस क्रममा एडीबी अध्यक्ष काण्डाले नेपालमा दिगो विकास र लगानी वातावरण सुधारका प्रयासमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । भेटमा अमेरिकाका लागि नेपालका राजदूत लोकदर्शन रेग्मी, दूतावासका आर्थिक कन्सुलर युगराज पाण्डे, भ्रमण दलका सदस्य र एडीबीका वरिष्ठ अधिकारीहरूको पनि उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्