images
images

क्लासिक टेकमा रोजगारीका अवसर, २०० भन्दा बढी पदका लागि आवेदन खुला

काठमाडौं – देशकै प्रमुख इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले फिल्ड इन्जिनियरलगायत विभिन्न पदका लागि २०० भन्दा बढी कर्मचारी भर्ना गर्न आवेदन खुला गरेको छ।

कम्पनीले सेवा विस्तार र ग्राहक सेवा अझ प्रभावकारी बनाउनका लागि योग्य, ऊर्जाशील र जिम्मेवार उम्मेदवारहरूलाई आवेदन दिन आह्वान गरेको जनाएको छ। इच्छुक उम्मेदवारहरूले क्लासिक टेकको आधिकारिक वेबसाइट वा नजिकको शाखा कार्यालयमार्फत आवेदन दिन सक्नेछन्।

साथै, इच्छुकहरूले आफ्नो सीभी (CV) इमेल ठेगाना [email protected] मा पठाउन पनि सक्नेछन्। क्लासिक टेकले हाल देशभर उच्च गतिको इन्टरनेट सेवा प्रदान गर्दै आएको छ र पछिल्ला वर्षहरूमा रोजगार अवसर सृजना र प्रविधि विस्तारमा अग्रणी रहँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्