images
images

नेपाल र जापानबीच आज निर्णायक भिडन्त, दुवै सुपर सिक्समा प्रवेश

काठमाडौँ । आईसीसी टी–२० विश्वकप एसिया इस्ट–प्यासिफिक छनोटअन्तर्गत समूह चरणको दोस्रो खेलमा नेपाल आज (शुक्रबार) जापानसँग भिड्दैछ। ओमान क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार दिउँसो सवा ४ बजे सुरु हुनेछ।

नेपाल र जापान दुवैले समूह चरणको एक खेलअघि नै सुपर सिक्स चरणमा प्रवेश गरिसकेका छन्। समूह बीमा लगातार दोस्रो पराजयसँगै कतार प्रतियोगिताबाट बाहिरिसकेको छ। नेपालले पहिलो खेलमा कतारलाई ५८ रनले पराजित गरेको थियो भने जापानले कतारलाई ५ विकेटले हराएको थियो।

समूह ‘बी’ मा नेपाल, जापान र कुवेत रहेका छन्। यस्तै समूह ‘ए’ मा मलेसिया, कतार र यूएई तथा समूह ‘सी’ मा ओमान, पपुवा न्युगिनी र सामोआ छन्। छनोट प्रतियोगितामा ९ टोली सहभागी छन्, जसलाई तीन समूहमा विभाजन गरिएको छ। हरेक समूहका शीर्ष दुई टोली सुपर सिक्समा पुग्नेछन्। सुपर सिक्सको शीर्ष तीन टोलीले टी–२० विश्वकपमा स्थान सुनिश्चित गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्