images
images

क्लासिक टेकको धमाकेदार अफर : एक वर्षको भुक्तानीमा दुई वर्षको सुविधा

काठमाडौं । उत्कृष्ट नेटवर्क र भरपर्दो इन्टरनेट सेवाका लागि परिचित कम्पनी क्लासिक टेकले यस वर्षको दशैंलाई लक्षित गर्दै विशेष अफर सार्वजनिक गरेको छ। अफरअन्तर्गत ग्राहकहरूले १ वर्षको मूल्यमा २ वर्षसम्म इन्टरनेट सुविधा पाउनेछन्। कम्पनीका अनुसार यो योजना अन्तर्गत ७० Mbps इन्टरनेट जडान गर्दा ग्राहकले रु ४४३ प्रति महिना मा अत्याधुनिक वाई–फाई सिक्स (Wi-Fi 6) राउटर प्राप्त गर्न सक्नेछन्। साथै १०० Mbps, २०० Mbps र ३०० Mbps सम्मका अन्य प्लानहरूमा पनि यही अफर लागू हुनेछ।

क्लासिक टेकका अनुसार वाई–फाई सिक्स राउटरले प्रयोगकर्तालाई उच्च स्तरको इन्टरनेट अनुभव दिलाउनेछ। यसको मुख्य सुविधामा एउटै नेटवर्कमा धेरै डिभाइस जडान हुँदा पनि इन्टरनेट स्पीड नघट्ने, ५० भन्दा बढी डिभाइस सपोर्ट गर्ने क्षमतासहित घर र कार्यालय दुवैका लागि उपयुक्त हुने, गेमिङ, भिडियो स्ट्रिमिङ वा भिडियो कलमा ढिलाइ नगर्ने कम लेटेन्सी, स्थिर र तेज इन्टरनेटको लागि २.४GHz र ५GHz डुअल ब्याण्ड सुविधा र मोबाइल तथा ल्यापटप जस्ता डिभाइसको ब्याट्री खपत कम गर्ने Target Wake Time प्रविधि रहेका छन्।

इन्टरनेटसँगै ग्राहकले क्लासिक टेकको IPTV सेवा पनि उपभोग गर्न सक्नेछन्। मात्र रु २५० प्रति महिना मा स्मार्ट सेट–टप बक्समार्फत विभिन्न टेलिभिजन च्यानलहरू हेर्न सकिनेछ। कम्पनीले नेपालभरका प्रयोगकर्तालाई उच्च स्पीड र भरपर्दो इन्टरनेट प्रदान गर्ने लक्ष्यसहित प्रविधि र सेवामा अग्रणी रहँदै आएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्