काठमाडौं । संविधान दिवस आज विभिन्न कार्यक्रमका साथ मनाइँदैछ। मूल समारोह राजधानीको टुँडिखेलस्थित सैनिक मञ्चमा बिहान ८:३० बजे सुरु भएको हो। कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख आतिथ्य रहनुहुन्छ भने प्रधानमन्त्री सुशीला कार्कीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। विशेष राजनीतिक परिस्थितिलाई मध्यनजर गर्दै यस वर्ष झाँकीलगायतका सांस्कृतिक प्रस्तुतिहरू भने स्थगित गरिएको छ।
संविधान दिवस नेपाली जनताको लामो संघर्ष र बलिदानको ऐतिहासिक उपलब्धि स्मरण गर्ने दिनका रूपमा मनाइन्छ। असोज ३, २०७२ मा संविधानसभाबाट नेपालको संविधान जारी गरिएको थियो। दोस्रो संविधानसभाको निर्वाचनपछि गठित सभाले लामो छलफल र विवादपछि ‘नेपालको संविधान, २०७२’ घोषणा गरेको हो।
उक्त संविधान तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले २०७२ असोज ३ गते राति नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आयोजित संविधानसभा बैठकमार्फत जारी भएको घोषणा गरेका थिए।












प्रतिक्रिया दिनुहोस्