सरकारले जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका नागरिकहरूको सम्मानमा राष्ट्रिय शोक मनाउने घोषणा गरेको छ। यसअन्तर्गत असोज १ गते (बुधबार) देशभर सार्वजनिक बिदा दिइने भएको छ।
गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार मन्त्रिपरिषद्को भदौ ३० गतेको निर्णयअनुसार सार्वजनिक बिदा दिइनुका साथै सो दिन नेपालभरका सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास र नियोगमा राष्ट्रिय झण्डा आधा झुकाइनेछ।
भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा ७३ जनाले ज्यान गुमाएका थिए। सरकारको निर्णयअनुसार उनीहरूलाई शहीद घोषणा गरी राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको थियो।














प्रतिक्रिया दिनुहोस्