काठमाडौँ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई सरकार प्रमुख बनाउने सहमति आज बेलुकै लागू हुने भएको छ। शुक्रबार दिनभर चलेको राजनीतिक छलफलपछि प्रतिनिधिसभा विघटन गर्ने विषयमा दलहरूबीच सहमति बनेको हो।
शीतलनिवाससँग नजिक स्रोतका अनुसार राष्ट्रपति रामचन्द्र पौडेल सुरुमा कार्कीलाई प्रधानमन्त्री नियुक्त गरेपछि मात्रै प्रतिनिधिसभा विघटन गर्ने अडानमा थिए। तर आन्दोलनरत युवाहरूले तत्कालै शीतलनिवास घेराबन्दी गर्ने चेतावनी दिएपछि पौडेलले आफ्नो अडान परिवर्तन गरेका हुन्। स्रोतका अनुसार राष्ट्रपति पौडेलले प्रमुख दलका शीर्ष नेताहरूसँग छलफल गर्दै प्रतिनिधिसभा विघटन गर्ने निर्णय गर्न लागेको र त्यसलगत्तै सुशीला कार्कीलाई प्रधानमन्त्रीमा शपथ दिलाउने तयारी भएको बताएका छन्।
यसअघि नै शीतलनिवासमा प्रतिनिधिसभा विघटनको मस्यौदा र कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने पत्रको प्रारम्भिक तयारी भइरहेको पनि स्रोतले जनाएको छ।












प्रतिक्रिया दिनुहोस्