images
images

जेन–जी आन्दोलनबाट क्षति भएको बीमा दाबी छिटो फछ्यौट गर्न प्राधिकरणको निर्देशन

काठमाडौं । नेपाल बीमा प्राधिकरणले जेन–जी आन्दोलनका कारण भएको क्षतिको बीमा दाबी छिटो र सहज रूपमा भुक्तानी गर्न सबै निर्जीवन तथा लघु निर्जीवन बीमा कम्पनीलाई निर्देशन दिएको छ।

प्राधिकरणले बिहीवार जारी गरेको परिपत्रमा भनिएको छ, “भदौ २३ गतेदेखि उत्पन्न असहज परिस्थितिका कारण सार्वजनिक र निजी क्षेत्रमा क्षति भएको सर्वविदितै छ। बीमित सम्पत्तिमा भएको क्षति तथा त्यसले ल्याएको असहजतालाई ध्यानमा राख्दै सो सम्बन्धी दाबीलाई सकेसम्म छिटो र सहज ढंगले फछ्यौट गर्न अनुरोध गरिन्छ।”

यस्तै, बीमा प्राधिकरणले क्षतिको बीमा दाबीसम्बन्धी विवरण साप्ताहिक रुपमा प्राधिकरणमा पठाउन पनि सबै कम्पनीलाई आग्रह गरेको छ।
null

प्रतिक्रिया दिनुहोस्