images
images

जेन–जी आन्दोलनपछि काठमाडौं उपत्यकामा अनिश्चितकालीन कर्फ्यू

काठमाडौँ – जेन–जी पुस्ताको आन्दोलन उग्र बनेपछि काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका मुख्य क्षेत्रमा कर्फ्यू लागू गरिएको छ। तीनवटै जिल्ला प्रशासन कार्यालयले छुट्टाछुट्टै सूचना जारी गर्दै विभिन्न क्षेत्रमा कर्फ्यू आदेश जारी गरेका हुन्। काठमाडौं जिल्ला प्रशासन कार्यालयले काठमाडौं महानगरपालिका चक्रपथ क्षेत्रभित्र अनिश्चितकालीन कर्फ्यू लागू गरेको छ।

मंगलबार बिहान प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम साढे ८ बजेबाट अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको जनाएका छन्।

कर्फ्यू अवधिभर तोकिएका क्षेत्रमा आवत-जावत गर्न, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक वा घेराउजस्ता गतिविधि गर्न पूर्णरूपले निषेध गरिएको छ।

प्रतिक्रिया दिनुहोस्