काठमाडौं : सरकारले फेसबुक, ट्वीटर (एक्स), युट्युबसहित २६ वटा सामाजिक सञ्जाल तत्काल बन्द गर्ने निर्णय गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा बिहीबार बसेको बैठकले मन्त्रिपरिषद्को अघिल्लो निर्णय र सर्वोच्च अदालतको परमादेश कार्यान्वयन गर्न यस्तो कदम चालिएको हो।, निर्णय कार्यान्वयनका लागि मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्राचार गरिसकेको छ।
यसअघि सर्वोच्च अदालतले अनुमति नलिएका सामाजिक सञ्जाल, ओटीटी एप्स र विज्ञापनसहितका डिजिटल सामग्री नियमन गर्न सरकारलाई आवश्यक कानुन बनाउन आदेश दिएको थियो। न्यायाधीशद्वय टेकप्रसाद ढुंगाना र शान्ति सिंह थापाको इजलासले बुधबार परमादेश जारी गर्दै विदेशी प्रसारण संस्थाले नेपालमा सामग्री प्रसारण गर्न अनुमति लिनुपर्ने व्यवस्था स्पष्ट पारेको थियो।
सरकारले यसअघि नै दर्ता नभएका सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने तयारी थालेको थियो। रिट निवेदनमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, विज्ञापन बोर्ड र दूरसञ्चार प्राधिकरणलाई विपक्षी बनाइएको थियो।









प्रतिक्रिया दिनुहोस्