images
images

नेपाल–रुस सम्बन्धमा नयाँ आयाम, ओली र पुटिनबीच अर्थपूर्ण भेटवार्ता

प्रधानमन्त्री केपी शर्मा ओली र रुसका राष्ट्रपति भ्लादिमीर पुटिनबीच द्विपक्षीय भेटवार्ता सम्पन्न भएको छ। शाङ्घाई सहयोग संगठन (एससीओ) प्लस शिखर सम्मेलनमा सहभागी हुन चीनको तियानजिन पुगेका प्रधानमन्त्री ओलीले सोमबार साँझ राष्ट्रपति पुटिनसँग भेट गरेका हुन्।

भेटवार्तामा नेपाल–रुस सम्बन्धलाई अझ प्रगाढ बनाउने विषयमा छलफल भएको थियो। साथै, संस्कृति, व्यापार र लगानीका क्षेत्रमा आपसी सहकार्यलाई विस्तार गर्ने कुरामा पनि विशेष ध्यान केन्द्रित गरिएको प्रधानमन्त्री ओलीले जानकारी दिए।

शिखर सम्मेलनका क्रममा प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङ, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, कम्बोडियाका प्रधानमन्त्री सोमदेक मोहा बोरभोर तिपाहदे, लाओसका राष्ट्रपति थोल्ङलौन सुसौलि, भियतनामका प्रधानमन्त्री फाम मिन चिङ तथा माल्दिभ्सका राष्ट्रपति मोहमद मिज्जुसहित विभिन्न राष्ट्रका नेताहरूसँग समेत भेटवार्ता गरेका छन्।

यस प्रकारका उच्चस्तरीय भेटघाटहरूले नेपालका अन्तर्राष्ट्रिय सम्बन्ध सुदृढ बनाउन थप मद्दत गर्ने विश्वास व्यक्त गरिएको छ।

प्रतिक्रिया दिनुहोस्