काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा दैनिक रुपमा नयाँ–नयाँ गीत सार्वजनिक भइरहेका छन् तर सबैले अपेक्षित सफलता भने पाउँदैनन्। यस्तैमा शुक्रबार सार्वजनिक भएको मौलिक गीत ‘सकुनी पासा’ले सामाजिक सञ्जाल लगाएत युउटुवमा समेत तहल्का पिटेको छ । गीतको टिकटकमा सार्वधिक रिल बनेका छन ।
गायिका सीता परियार र गायक ईश्वर सिंहको स्वरमा सजिएको यस गीतमा चर्चित लोकगायक प्रकाश सपुत र मोडल देवी गर्बुजा मगरले अभिनय गरेका छन्। गीतलाई सीता परियारको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।
गीतका शब्द अर्जुन सुवेदीले लेखेका हुन् भने संगीत संयोजन र कम्पोज ईश्वर सिंहकै रहेको छ। ‘सकुनी पासा’ले समाजमा विद्यमान छल, कपट र नाटकलाई कलात्मक ढंगमा प्रस्तुत गरेको छ। परम्परागत र आधुनिक दुवै लय मिसिएको यस गीतलाई प्रकाश सपुत र देवी गर्बुजाको अभिनयले थप आकर्षक बनाएको छ।
निर्माण पक्षका अनुसार गीतमा जीवनका उतारचढाव र नियतिको खेललाई ‘पासा’को रूपकमार्फत अभिव्यक्त गरिएको छ। गायिका सीता परियारले यसअघि पनि दर्जनौँ लोक तथा आधुनिक गीत सार्वजनिक गरिसकेकी छन्। यस पटक उनले आफ्नै च्यानलमार्फत दर्शकसामु मौलिक प्रस्तुति ‘सकुनी पासा’ ल्याएकी हुन्। गीतलाई दर्शक स्रोताले राम्रो प्रतिक्रिया दिएपछि निर्मांण युनिट पनि खुसी छन ।











प्रतिक्रिया दिनुहोस्