images
images

सन्दीपको ह्याट्रिकमा नेपाल ४१ रनले विजयी

काठमाडौँ – अस्ट्रेलिया भ्रमणको पहिलो टी–२० अभ्यास खेलमा नेपालले अस्ट्रेलियन क्रिकेट टेरिटरी (एसीटी)लाई ४१ रनले पराजित गर्दै विजयी सुरुआत गरेको छ। नेपालले दिएको १७८ रनको लक्ष्य पछ्याउने क्रममा एसीटी १७.२ ओभरमै १३६ रनमा अलआउट भयो।

एसीटीका स्मिथले सर्वाधिक ५० रन जोडे। नेपालका सन्दीप लामिछानेले शानदार ह्याट्रिकसहित ५ विकेट लिए भने करण केसीले २ र रूपेश सिंहले १ विकेट हात पारे। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै १७७ रन जोड्यो। नेपालका आसिफ शेखले सर्वाधिक ६९ रन बनाउँदा कप्तान रोहित पौडेलले ३६ र आरिफ शेखले २४ रनको योगदान दिए। बलिङतर्फ एसीटीका इभान्स, दुबे, रहमान र ब्रुनकरले २–२ विकेट लिए।

पाँच टी–२० अभ्यास खेलअन्तर्गत नेपाल आजै दोस्रो खेल खेल्दैछ। यसअघि टप इन्ड टी–२० शृङ्खलामा समूह चरणमै बाहिरिएको नेपालले आगामी आईसीसी टी–२० विश्वकप छनोटको तयारीस्वरूप अस्ट्रेलिया भ्रमण गरिरहेको हो।

प्रतिक्रिया दिनुहोस्