images
images

नेपाल पर्वतारोहण सङ्घको नयाँ नेतृत्व चयन, अध्यक्षमा शेर्पा

काठमाडौँ । नेपाल पर्वतारोहण सङ्घ (एनएमए)को नयाँ नेतृत्व चयन भएको छ। आइतबार सम्पन्न मतगणनाअनुसार फुर गेल्जे शेर्पा अध्यक्षमा निर्वाचित भएका छन्। उनले प्रतिस्पर्धी कुलबहादुर गुरुङलाई पराजित गर्दै ३४२ मत प्राप्त गरे भने गुरुङले २८८ मत पाए।

वरिष्ठ उपाध्यक्षमा ईश्वरी पौडेल, प्रथम उपाध्यक्षमा मिङ्मा ग्याबो शेर्पा र द्वितीय उपाध्यक्षमा बोधराज भण्डारी विजयी भएका छन्। महासचिव पदमा राजेन्द्र लामा निर्वाचित भएका छन्।

सचिव पदमा चन्दन थापा र ङिमा नुर्बु शेर्पा तथा सुमी लामाबीच समान मत प्राप्त भएकाले निर्णयपछि परिणाम टुंगो लाग्नेछ। त्यसैगरी, सदस्य पदमा माधवकुमार धमला, केदार न्यौपाने, थुप्देन शेर्पा, गोकुल थापा, मुलाल गुरुङ, देण्डी शेर्पा, विक्रम कार्की, रिञ्जे शेर्पा, देवेन्द्र डङ्गोल, दिकी शेर्पा र निशा भोटे विजयी भएका छन्।

प्रतिक्रिया दिनुहोस्