images
images

डेंगी विरुद्ध राजधानीका सबै वडामा ‘वाक एण्ड एक्ट’ अभियान सञ्चालन

काठमाडौँ — डेंगी रोग नियन्त्रणका लागि काठमाडौँ महानगरपालिकाले शुक्रबार बिहान ‘वाक एण्ड एक्ट’ अभियान सञ्चालन गरेको छ।

महानगरपालिकाका अनुसार डेंगीविरुद्ध सचेतना अभिवृद्धि गर्ने र लामखुट्टेको लार्भा खोजी तथा नष्ट गर्ने उद्देश्यले यो अभियान सुरु गरिएको हो। स्वास्थ्य विभाग, नगर कार्यपालिकाको कार्यालय र वागमती प्रदेशको सहकार्यमा राष्ट्रिय सभागृहबाट अभियान प्रारम्भ गरिएको बताइएको छ।

यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साउन महिनालाई डेंगी रोग सचेतना महिना घोषणा गरेको थियो। त्यस्तै काठमाडौँ महानगरले हरेक शुक्रबार लामखुट्टेको वासस्थान पत्ता लगाई नष्ट गर्ने कार्य गर्दै आएको छ।

महानगरपालिकाले यो अभियानलाई अझ प्रभावकारी बनाउन सबै वडामा एकसाथ, एकै समयमा ‘वाक एण्ड एक्ट मेगा अभियान’ सञ्चालन थालिएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्