नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी कार्यकर्ता बनाउने विषय अस्वीकार गर्दै, उनलाई सक्रिय राजनीतिमा नआउन आग्रह गरेको छ। हालै सम्पन्न नवौं केन्द्रीय कमिटी बैठकको निर्णयअनुसार भण्डारीको पार्टी सदस्यता नवीकरण प्रक्रिया अमान्य घोषित गरिएको छ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले सोमबार जारी गरेको अन्तरपार्टी निर्देशन (अपानि) मा भनिएको छ, “सम्माननीय पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रकै गौरवको प्रतीक हुन्। उनी राष्ट्रको गहना हुन्, हाम्रो पनि गहना हुन्। त्यसैले सक्रिय राजनीतिमा फर्किनु उपयुक्त हुँदैन। नेकपा एमालेले यस्तो व्यक्तिलाई कार्यकर्ता बनाउन मिल्दैन।”
अपानि अनुसार, पूर्वराष्ट्रपति भण्डारी पार्टीको अध्यक्ष बन्दैमा एमाले कार्यकर्ता बन्न सक्ने छैनन्। संविधान र पार्टी विधानअनुसार उनले स्वेच्छाले पार्टी परित्याग गरिसकेको कारण सदस्यता स्वतः समाप्त हुने जनाइएको छ।
एमाले विधानको धारा ८ (३) अनुसार, स्वेच्छाले पार्टी त्याग गरेपछि सदस्यता स्वतः रिक्त हुने व्यवस्था छ।














प्रतिक्रिया दिनुहोस्