images
images

बङ्गलादेश पाँचौं पटक साफ महिला च्याम्पियन, नेपाल उपविजेतामा

काठमाडौँ — बङ्गलादेशले २० वर्षमुनिको महिला साफ च्याम्पियनशिपमा शानदार प्रदर्शन गर्दै उपाधि जितेको छ। प्रतियोगिताको अन्तिम खेलमा नेपाललाई ४–० ले पराजित गर्दै बङ्गलादेशले पाँचौँ पटक उपाधि आफ्नो नाममा गरेको हो।

नेपाल भने लगातार तेस्रोपटक उपविजेतामै सीमित रहन पुग्यो। यसअघि सन् २०१८ र २०२३ मा पनि नेपाल उपाधिको नजिक पुगेर चुकेको थियो, त्यो पनि बङ्गलादेशसँगै हारेर। प्रतियोगिताको इतिहासमा अहिलेसम्म बङ्गलादेश र भारत मात्रै च्याम्पियन बन्न सफल भएका छन्। भारतले दुई पटक उपाधि जितेको छ।

यो संस्करणमा बङ्गलादेशले अपराजित रहँदै उत्कृष्ट प्रदर्शन गर्‍यो। उसले खेलेका सबै ६ खेल जित्दै कुल १८ अंक जोड्यो। नेपालले ६ खेलमा ४ जित र २ हारसहित १२ अंक प्राप्त गर्‍यो र दोस्रो स्थानमा रह्यो। नेपालले प्रतियोगितामा श्रीलङ्का र भूटानविरुद्ध सशक्त प्रदर्शन गर्दै जित हासिल गरे पनि दुवैपटक बङ्गलादेशसँग पराजित हुन पुग्यो। पहिलो चरणमा ३–२ ले र अन्तिम खेलमा ४–० को स्पष्ट अन्तरले हार बेहोर्नु परेको हो।

यसअघि नेपाल तीनपटक तेस्रो स्थानमा रहँदै प्रतियोगिता समाप्त गरिसकेको इतिहास पनि छ। उपाधि नजिक पुगेर पनि हात पार्न नसकेको नेपालका लागि यो संस्करण पनि निराशाजनक बन्यो।

प्रतिक्रिया दिनुहोस्