पूर्वराष्ट्रपति विद्या भण्डारीलाई भेट्न नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ असार १९ गते बिहान ९ बजे भंगालस्थित निवास पुगे। भण्डारीले असार १४ गते मदन जयन्तीको अवसरमा एमालेको सदस्यता नवीकरण गरेर सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेपछि श्रेष्ठको यो भेट विशेष अर्थमा हेरिएको छ।
उल्लेखनीय कुरा के छ भने, श्रेष्ठले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई जानकारी नदिई उनीसँग भेट गरेका थिए। ४५ मिनेटसम्म चलेको उक्त भेटवार्ताका सबै विवरण सार्वजनिक भइसकेका छैनन्। तर, यस घटनाले माओवादी केन्द्रभित्र राजनीतिक तरंग सिर्जना गरिदिएको छ।
पार्टी अध्यक्ष प्रचण्डले बिहीबार पेरिसडाँडामा बसेको पदाधिकारी बैठकमा सो घटनाबारे प्रष्ट पार्नुपर्यो। यद्यपि, नारायणकाजी श्रेष्ठ हाल अमेरिकामा रहेकाले उक्त बैठकमा उपस्थित थिएनन्। उपमहासचिव जनार्दन शर्मा पनि अनुपस्थित थिए। प्रचण्डले सो बैठकमा आफूलाई दुई दिनपछि मात्रै श्रेष्ठ–भण्डारी भेटको जानकारी भएको बताए। “तपाईंले त विद्या भण्डारीजीलाई भेट्नुभएछ, मलाई केही भन्नुभएन?” भनेर सोध्दा श्रेष्ठले “सरी, जानकारी गराउन बिर्सें” भनेको प्रचण्डले सुनाए।











प्रतिक्रिया दिनुहोस्