काठमाडौं — तीज नजिकिँदै गर्दा नेपाली सांगीतिक क्षेत्रमा तीज गीत सार्वजनिक हुने क्रम तीव्र भएको छ। यही क्रममा सर्जक प्रमोद भुषालको शब्द तथा संगीतमा तयार पारिएको नयाँ तीज गीत ‘कोहि चाहियो’ सार्वजनिक भएको छ। गीतले सार्वजनिक भएको छोटो समयमै राम्रो प्रतिक्रियासमेत पाइरहेको सर्जक भुषालले हामीलाई बताउनु भयो ।
शान्ता रानी परियारको स्वरमा रहेको यस गीतमा विवाह गर्ने उमेर पुगेकी एक युवतीको मनोभावलाई कलात्मक ढंगले प्रस्तुत गरिएको छ। गीतको अडियो र भिडियो दुवै पक्षमा विशेष ध्यान दिइएको छ। गीत सार्वजनिक भएलगत्तै टिकटक र युट्युबजस्ता सामाजिक सञ्जालमा यसले राम्रो प्रतिक्रिया पाइरहेको छ।
‘कोहि चाहियो’ गीतको भिडियोमा सञ्चिता बोलाखे र प्रदीप भुषालको अभिनय देख्न सकिन्छ। प्रविण थापाको निर्देशनमा बनेको भिडियोलाई बाबा इन्टटेण्डमेन्टले बजार व्यवस्थापन गरेको हो।
गीतको भाव, संगीत संयोजन र दृश्य निर्माणमा गरिएको मेहनतले दर्शक(श्रोताको मन जित्न सफल भएको प्रतिक्रिया पाइरहेको छ। गीत सार्वजनिक भएपछि सबैबाट राम्रो प्रतिक्रियाहरु आइरहेको सर्जक भुषाले बताउनु भयो ।














प्रतिक्रिया दिनुहोस्