काठमाडौं । दुई दशकदेखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय सर्जक तथा गायक हेमन्त खड्काको असारे गीत गैरी खेतमा धान केहि समयअघि सार्वजनिक भएको छ। असार महिनामा रोपाइँसँगै प्रेमभावलाई विषयवस्तु बनाएको यो गीत बागलुङको सिङ्गाना क्षेत्र वरपर छायाङ्कन गरिएको हो।
गीतमा शब्द तथा लय सर्जक स्वयं हेमन्त खड्काको रहेको छ भने आवाजमा उनलाई गायिका देवी घर्तिले साथ दिएकी छन्। अडियो र भिडियो उत्कृष्ट रहेको यस गीतलाई हेमन्त खड्का युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो।
प्रेम थापाको निर्देशनमा तयार भएको भिडियोमा हेमन्त खड्का र यशु भट्टराईको अभिनय रहेको छ। साइड डान्सरहरूको आकर्षक नृत्यले गीतलाई थप मनोरञ्जनात्मक बनाएको छ।
हालको समयमा अश्लीलता र सतही गीतहरू चर्चामा आइरहेको अवस्थामा मौलिक गीतलाई अपेक्षित दर्शक नपाएकोमा खड्का दुखी छन्। तर, दर्शकबाट प्राप्त सकारात्मक प्रतिक्रियाले आफू उत्साहित भएको उनले बताएका छन्।
मूस्तान लेतेमा, भन्देउ के गरम्, घर त मेरो बागलुङ सिंगाना, राम–सिता, एउटा छोरो जस्ता दर्जनौँ गीत सार्वजनिक गरिसकेका खड्काले मौलिक संगीतमा निरन्तरता दिने अठोट व्यक्त गरेका छन्।














प्रतिक्रिया दिनुहोस्