काठमाडौं — प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले आज आइतबार शिक्षा विधेयक पारित गर्ने तयारी गरे पनि सरकारलाई थप पाँच दिनको समय दिएको छ। शिक्षामन्त्री रघुजी पन्तले विधेयकमा अझै सहमति जुटाउन समय आवश्यक भएको भन्दै समिति समक्ष समय माग गरेका थिए, जसपछि समितिले पाँच दिनको म्याद प्रदान गरेको हो।
समितिका सभापति अम्मरबहादुर थापाले आजकै बैठकबाट विधेयक पारित गर्ने सूचनासहित बैठक बोलाएका थिए। तर मन्त्री पन्तले थप समय मागेपछि थापाले पाँच दिनभित्र सहमति जुटाउन आग्रह गर्दै त्यसअघि बैठक आह्वान गर्न एक दिनको समय आवश्यक पर्ने बताए। बैठकमा सहभागी अधिकांश सांसदहरूले भने विधेयक आजै पारित गर्नुपर्नेमा जोड दिएका थिए। यसअघि असार १६ गते पनि मन्त्री पन्तकै आग्रहमा समितिको बैठक रोकिएको थियो।
विधेयकमा अस्थायी शिक्षक, प्रारम्भिक बाल विकास (ईसीडी) शिक्षकलगायतका विषयमा अझै सहमति कायम हुन सकेको छैन। यता, नेपाल शिक्षक महासंघले सरकारले पहिलाको सहमति कार्यान्वयन नगरेको भन्दै आन्दोलनको चेतावनी दिइरहेको छ।














प्रतिक्रिया दिनुहोस्