काठमाडौं — नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आइतबार २.४० अंकले बढेर २,७०६.३६ विन्दुमा पुगेको छ। सो दिन ३१८ कम्पनीका २ करोड ७१ लाख ३२ हजार ३०८ कित्ता शेयर ८७ हजार ३९८ पटक खरिदबिक्री हुँदा कुल कारोबार रकम ९ अर्ब ५० करोड ३ हजार २६८ रुपैयाँ पुगेको छ। कारोबारमा सबैभन्दा बढी वृद्धि अन्य समूहमा देखिएको छ, जसको परिसूचक ३.०६ प्रतिशतले बढेको हो। वित्त समूह २.४९ प्रतिशतले उकालो लागेको छ भने बैंकिङ ०.११, लगानी ०.३७, उत्पादन तथा प्रशोधन ०.६३, म्युचुअल फण्ड ०.१४ र व्यापार समूह ०.८८ प्रतिशतले वृद्धि भएका छन्। विकास बैंक १.५३, जीवन बीमा १.३०, जलविद्युत् १.०५, होटल तथा पर्यटन ०.२५ र निर्जीवन बीमा ०.५१ प्रतिशतले घटेका छन् भने लघुवित्त समूह स्थिर देखिएको छ।
नेपाल फाइनान्स लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने सबैभन्दा धेरै घट्नेमा गुडविल फाइनान्स लिमिटेड डिबेन्चर–२०८३ परेको छ, जसको शेयर मूल्य ८.८७ प्रतिशतले घटेको हो। कारोबार रकमका आधारमा नेपाल रिइन्सुरेन्स कम्पनी लिमिटेड अगाडि रहेको छ, जसको कारोबार ४९ करोड ४० लाख ८ हजार ४८५ रुपैयाँ बराबरको भएको छ। कित्ता संख्याका आधारमा सबैभन्दा धेरै कारोबार एनएमबी सुलभ इन्भेस्टमेन्ट फण्ड–२ को भएको छ, जसका ५१ लाख ५६ हजार ७५० कित्ता शेयर किनबेच भएका छन्।














प्रतिक्रिया दिनुहोस्