काठमाडौँ — यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा एक साताभित्र सार्वजनिक हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गतको सानोठिमीस्थित परीक्षा नियन्त्रण कार्यालयले नतिजा प्रकाशनको अन्तिम तयारी भइरहेको जानकारी दिएको हो।
परीक्षा नियन्त्रक डा. गणेशप्रसाद भट्टराईका अनुसार उत्तरपुस्तिका परीक्षण र सम्परीक्षण सकिएको छ भने अहिले प्राप्ताङ्क इन्ट्री र विवरण रुजु गर्ने काम तीव्र गतिमा अघि बढिरहेको छ।
यसअघि असार ६ गतेभित्र नतिजा प्रकाशित गर्ने योजना बनाइएको थियो। तर गत चैत २० देखि वैशाख १७ गतेसम्म शिक्षकमहासंघको आन्दोलनका कारण सोही समयसीमा पूरा हुन सकेन। चैत ७ गतेदेखि १९ गतेसम्म सञ्चालन भएको यस वर्षको एसईई परीक्षामा करिब ५ लाख १० हजार विद्यार्थी सहभागी भएका थिए।











प्रतिक्रिया दिनुहोस्