काठमाडौं — पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल Truth Social मा एकपछि अर्को गर्दै आक्रामक पोष्ट सार्वजनिक गर्दै इरानविरुद्ध कडा चेतावनी दिएका छन्।
बीबीसीका अनुसार ट्रम्पले आफ्ना सन्देशहरूमा बिनासर्त आत्मसमर्पणको माग गर्दै भनेका छन्, “हाम्रो धैर्यताको बाँध अब टुट्न लागेको छ, बिनासर्त आत्मसमर्पण गर।”
इरानी सर्वोच्च नेता कहाँ लुकेका छन् भन्ने आफूलाई जानकारी भए पनि तत्काल आक्रमण नगर्ने उनले बताएका छन्। “हामीलाई उनी कहाँ छन् भन्ने ठ्याक्कै थाहा छ। उनी सजिलै निशाना बन्न सक्छन्, तर अहिले चाहिँ हत्या गर्दैनौं,” ट्रम्पले भनेका छन्। साथै, उनले अमेरिकाले इरानको आकाशमा पूर्ण नियन्त्रण जमाइसकेको दाबी गर्दै, “इरानसँग राम्रो स्काई ट्रयाकर र रक्षात्मक उपकरणहरू छन्, तर ती अमेरिकी प्रविधिको तुलनामा कमजोर छन्,” भन्दै अमेरिकी सैन्य क्षमताको superiority पनि प्रदर्शन गरेका छन्।
हालै जी–७ सम्मेलनका लागि क्यानाडा पुगेका ट्रम्प त्यहाँबाट फर्किएपछि शान्त देखिए पनि पछिल्लो समय सामाजिक सञ्जालमा दिएका पोष्टहरूले परिस्थिति तनावपूर्ण बनेको संकेत दिएका छन्। यद्यपि अमेरिकाले इजरायलको इरानविरुद्धको आक्रमणमा प्रत्यक्ष संलग्न नरहेको दाबी गरिरहेको छ, ट्रम्पका पछिल्ला अभिव्यक्तिहरूले अमेरिकाले अप्रत्यक्ष रूपमा मात्र होइन, प्रत्यक्ष संलग्नता पनि जनाइरहेको स्पष्ट सङ्केत गरेका छन्।
इरानमाथिको आक्रमणपछि अमेरिकाको भूमिकालाई लिएर अन्तर्राष्ट्रिय समुदायमा पनि प्रश्न उठ्न थालेका छन्, जुन ट्रम्पको आक्रामक भाषाले अझ प्रष्ट बनाएको बीबीसीले उल्लेख गरेको छ।












प्रतिक्रिया दिनुहोस्