images
images

विवादित जलस्रोत विधेयक मन्त्रिपरिषद्बाट फिर्ता

२ असार, काठमाडौं । सरकारले जलस्रोतसम्बन्धी विधेयक फिर्ता गर्ने निर्णय गरेको छ। सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले विधेयक फिर्ता गर्ने निर्णय लिएको हो।

प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनबाट पारित भइसकेको उक्त विधेयक मन्त्रिपरिषद् पुगेपछि फिर्ता गर्ने निर्णय गरिएको एक मन्त्रीले जानकारी दिए। यो विधेयक २०८१ जेठ ३१ गते तत्कालीन ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेतले संसद्मा दर्ता गराएका थिए।

तर, त्यसमा विदेशी स्वार्थ समेटिएको आशंका उठेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले चासो देखाएका थिए। सोमबारको मन्त्रिपरिषद् बैठकमा विधेयकसम्बन्धी विषयमा लामो छलफल भएको र त्यसपछि फिर्ता गर्ने निष्कर्ष निकालिएको स्रोतले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्