images
images

इरानको मिसाइल आक्रमणपछि इजरायलको ‘अपरेसन राइजिङ लायन’ सुरु

तेहरान/तेल अभिभ — इजरायलको हालैको आक्रमणको प्रतिकारस्वरूप इरानले इजरायलमाथि बलिस्टिक मिसाइल प्रहार गरेको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार जेरुसेलमबाट तेल अभिभतर्फ धुवाँको मुस्लो देखिएको प्रत्यक्षदर्शीले जनाएका छन्। इरानी हमला ‘ट्रु प्रोमिस थ्री’ (True Promise III) नामक अपरेसनअन्तर्गत गरिएको थियो। इरानी रिभोल्युशनरी गार्ड्सले आक्रमणको सुरुमै विभिन्न स्थानहरूमा मिसाइल प्रहार गरिएको जनाएको छ। इरानले दुई इजरायली जेट विमान खसालिएको दाबीसमेत गरेको छ।

इरानको आक्रमणपछि इजरायलमा कम्तीमा ४० जना घाइते भएको पुष्टि भएको छ, जसमध्ये दुईको अवस्था गम्भीर रहेको बताइएको छ। यो आक्रमण इजरायलले एक दिनअघि इरानको इस्फाहानस्थित आणविक संरचनामा आक्रमण गरेपछि भएको हो। इजरायलले उक्त संरचना पूर्ण रूपमा ध्वस्त पारेको दाबी गरेको थियो।

इरानी हमलापछि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले “अपरेसन राइजिङ लायन” नामक जवाफी कारबाही सुरु गरिएको घोषणा गरेका छन्। उनले यो कारबाही इरानी जनताको विरुद्ध नभइ, इरानको आणविक र सैन्य क्षमतालाई लक्षित गरिएको स्पष्ट पारे। इजरायली प्रधानमन्त्री कार्यालयका प्रवक्ताले नागरिकलाई सुरक्षित स्थानमा जान आग्रह गरेका छन्। आक्रमणपछि इरानको राजधानी तेहरानमा सार्वजनिक स्थानहरूमा मानिसहरूले खुसी मनाएको दृश्यहरू देखिएका छन्। स्थिति गम्भीर बन्दै गएकाले अन्तर्राष्ट्रिय समुदायले संयमता अपनाउन दुवै पक्षलाई आग्रह गर्न थालेको छ।

प्रतिक्रिया दिनुहोस्