इजरायलले इरानमाथि सैन्य आक्रमण सुरु गरेको पुष्टि गरेको छ। इजरायली रक्षा मन्त्री योआभ गालान्तले देशमा संकटकाल घोषणा गर्दै इरानबाट क्षेप्यास्त्र र ड्रोन हमला हुने सम्भावना रहेको बताएका छन्। प्रारम्भिक आक्रमण मुख्य रूपमा इरानको आणविक कार्यक्रम र लामो दूरीका क्षेप्यास्त्र प्रणालीमाथि केन्द्रित रहेको इजरायली सैन्य अधिकारीहरूले बताएका छन्।
इरानी सरकारी सञ्चारमाध्यम IRNA का अनुसार राजधानी तेहरानमा लगातार विस्फोटहरू सुन्निएका छन्। इजरायली अधिकारीहरूले दर्जनौं लक्ष्यमाथि गरिएको यो हमला सटीक र समन्वित रहेको बताएका छन् र यस्ता आक्रमणहरू क्रमशः जारी रहने संकेत दिएका छन्। इरानी टेलिभिजन IRIB ले इजरायलले तेहरानस्थित इस्लामिक रिभोलुसनरी गार्ड्सको मुख्यालयमा पनि आक्रमण गरेको पुष्टि गरेको छ। प्रत्यक्षदर्शीहरूका अनुसार घटनास्थलबाट आगो र बाक्लो धुवाँ निस्किरहेको देखिएको छ। रिभोलुसनरी गार्ड्स इरानको शक्तिशाली सुरक्षा निकाय हो जसले आणविक नीति, विदेशी नीति र आन्तरिक सुरक्षामा गहिरो प्रभाव राख्छ।
तेहरान र अन्य सहरका केही आवासीय क्षेत्रमा पनि मिसाइल आक्रमण भएको बताइएको छ। Reuters ले इरानी टेलिभिजनलाई उद्धृत गर्दै बालबालिकासहित केही नागरिकको मृत्यु भएको जनाएको छ। मृतक संख्या अझै बढ्न सक्ने अधिकारीहरूले बताएका छन्। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले ‘अप्रेसन राइजिङ लायन’ नाम दिइएको यस कारबाहीको घोषणा गरेका छन्। उनले तेहरानबाट करिब २२५ किलोमिटर दक्षिणमा रहेको नतान्जस्थित युरेनियम संवर्द्धन केन्द्रमा आक्रमण गरिएको जानकारी दिएका छन्। नेतन्याहुले इरानी आणविक बममा काम गरिरहेका वैज्ञानिकहरू पनि निशानामा परेको बताएका छन्।
इरानले नोटम जारी गर्दै तेहरानको हवाईमार्ग अस्थायी रूपमा बन्द गरेको छ। सहरका विभिन्न भागहरूमा ६ देखि ९ वटा विस्फोट भएको पुष्टि गरिएको छ। यसबीच, अमेरिकी विदेश मन्त्री मार्को रुबियोले इजरायली कारबाहीमा अमेरिकाको कुनै संलग्नता नरहेको प्रष्ट पारेका छन्। उनले भने, “इजरायलले एकपक्षीय रूपमा कारबाही गरेको हो। हामी त्यसमा संलग्न छैनौं र हाम्रो प्राथमिकता क्षेत्रका अमेरिकी फौजहरूको सुरक्षा गर्नु हो।














प्रतिक्रिया दिनुहोस्