images
images

दोहोरो अंकले बढ्यो नेप्से, कारोबार भने घट्यो

काठमाडौं, जेठ २६ – साताको पहिलो दिन सोमबार शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले उकालो लागेको छ। आज नेप्से २३.१९ अंकले वृद्धि भई २६५३.०९ विन्दुमा पुगेको हो।

बजार उकालो लागे पनि कारोबार रकम अघिल्लो दिनको तुलनामा केही घटेको छ। सोमबार ८ अर्ब ६८ करोड ९३ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ, जुन आइतबारको ९ अर्ब १३ करोड रुपैयाँको तुलनामा घटेको हो। यस दिन १९१ कम्पनीको शेयर मूल्य वृद्धि भएको छ भने ५६ कम्पनीको घटेको छ। चार कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। ती कम्पनीहरूमा मकर जितुमाया सुरी हाइड्रोपावर, पियोर इनर्जी, डोल्टी पावर कम्पनी र विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी रहेका छन्। यी सबै कम्पनीको शेयर मूल्य ९.९९ प्रतिशतले वृद्धि भएको हो। लगातार उकालो लागिरहेको बजारमा जलविद्युत् क्षेत्रमा लगानीकर्ताको आकर्षण अझै उच्च देखिएको छ।

प्रतिक्रिया दिनुहोस्