काठमाण्डौ । पछिल्लो समय निकै ब्यस्त मोडल भित्र पर्छिन् रचना न्यौपाने । उनले अभिनय गरेका नयाँ गीतहरु दैनिक जसो सार्वजनिक भइरहेका छन ।
यसै बीच उनको दमदार नृत्य रहेको नयाँ गीत सातो गयो सातो भर्खर मात्र सार्वजनिक भएको छ । माया प्रेमलाई विषय बनाइ तयार पारिएको सो गीतमा शान्ती श्री परियार र गोविन्द पंगेनीको आवाज रहेको छ ।
गीतमा रचनालाई अभिनयमा सुधिर श्रेष्ठले साथ दिएका छन । गीतलाई गोविन्द आफैले सिर्जना गरेका हुन । गीतले माया प्रेमलाई विषय बनाएको छ । गीतलाई मौषम हिमालीले निर्देशन गरेका हुन ।












प्रतिक्रिया दिनुहोस्