काठमाडौं । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले लैङ्गिक हिंसाविरुद्ध शून्य सहनशीलताको नीतिलाई व्यवहारमै कार्यान्वयन गर्न सबै पक्षसँग आह्वान गरेका छन्।
लैङ्गिक हिंसाका पीडितको संरक्षण, दोषीलाई उन्मुक्ति दिने प्रवृत्तिको अन्त्य तथा पीडितलाई न्याय सुनिश्चित गर्न उनले आग्रह गरेका हुन्।
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको अवसरमा बुधबार शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले लैङ्गिक हिंसालाई मानव अधिकारको गम्भीर उल्लङ्घनका रूपमा व्याख्या गरेका छन्।
उनले लैङ्गिक हिंसा समतामूलक समाज निर्माणको प्रमुख चुनौती भएको उल्लेख गर्दै यसको अन्त्यका लागि शून्य सहनशीलताको नीति व्यवहारमै लागू हुनुपर्नेमा जोड दिएका छन्।
प्रधानमन्त्री शाहले पीडितको सुरक्षा र न्यायलाई प्राथमिकतामा राख्दै लैङ्गिक हिंसाविरुद्ध प्रभावकारी रूपमा काम गर्न सबै पक्षको ध्यानाकर्षण गराएका छन्।









प्रतिक्रिया दिनुहोस्