जनकपुरधाम । भारतको उत्तर प्रदेशस्थित अयोध्याबाट छुटेको सरयू कमला एक्सप्रेस रेल आज बिहान जनकपुरधाम आइपुगेको छ।
सोमबार दिउँसो अयोध्याबाट प्रस्थान गरेको रेल मंगलबार बिहान जनकपुरधाम आइपुगेको हो। रेलमा सवार तीर्थयात्रीहरूलाई जनकपुरधाममा भव्य स्वागत गरिएको छ।
रेल जनकपुरधाम आइपुगेपछि सरकारी प्रतिनिधि तथा सर्वसाधारणले नेपाल र भारतका राष्ट्रिय झण्डा बोकेर तीर्थयात्रीहरूको स्वागत गरेका थिए। स्वागतका क्रममा तीर्थयात्रीहरूलाई फूलमाला लगाएर सम्मानसमेत गरिएको थियो।
अयोध्याबाट जनकपुरधाम आएको उक्त रेलको आगमनले दुई देशबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई समेत जोडेको छ।








प्रतिक्रिया दिनुहोस्