images
images

एनपिएल-३: आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स आमनेसामने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ।

कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल अपराह्न ५ बजे सुरु हुनेछ। कुशल भुर्तेलको कप्तानीमा रहेको पोखरा पहिलोपटक एनपीएलको फाइनलमा पुग्ने लक्ष्यमा छ। पोखराले यसअघिका संस्करणमा फाइनलमा स्थान बनाउन सकेको छैन।

दीपेन्द्रसिंह ऐरीको नेतृत्वमा रहेको सुदूरपश्चिम भने लगातार तेस्रोपटक फाइनलमा पुग्ने लक्ष्यमा हुनेछ। टोलीले यसअघि लगातार दुई संस्करणमा फाइनलसम्मको यात्रा तय गरे पनि उपाधि जित्न सकेको छैन।

यस सिजनको एनपीएलमा आठ टोलीले प्रतिस्पर्धा गरिरहेका छन्। नेपाल क्रिकेट संघ (क्यान)का अनुसार प्रतियोगिता मंसिर ५ गतेसम्म सञ्चालन हुनेछ।

यसैबीच, श्रीलंकाका क्रिकेटर सदीरा समरविक्रमाले पोखरा एभेन्जर्सबाट खेल्ने भएका छन्। उनको आगमनले पोखराको टोलीलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

 

प्रतिक्रिया दिनुहोस्