काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा चितवन राइनोजले विराटनगर किङ्ग्सलाई ८ रनले पराजित गरेको छ। मंगलबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा १५८ रनको लक्ष्य पछ्याएको विराटनगर १९.३ ओभरमा १४९ रनमा समेटियो।
विराटनगरका लागि इमरान शेखले सर्वाधिक ३९ रन बनाए। लोकेश बमले २६ रन जोड्दा आन्द्रे रसेलले १७ बलमा आक्रामक ३३ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन्।
चितवनका कमल ऐरीले उत्कृष्ट बलिङ गर्दै चार विकेट लिए। रिजन ढकालले दुई विकेट लिँदा टम टेलर, रञ्जित कुमार, दान माउजली र मौसुम ढकालले एक–एक विकेट लिए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर १५७ रन बनाएको थियो। चितवनका डेविड मलानले सर्वाधिक ७० रन बनाए। रवि बोपारा ३२ र दान माउजली २९ रनमा अविजित रहे।
विराटनगरका चार बलरले एक–एक विकेट लिएका थिए।











प्रतिक्रिया दिनुहोस्