images
images

कांग्रेस महाधिवेशन : मतगणना बिहीबारसम्म सकिने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जारी मतगणना बिहीबारसम्म सकिने भएको छ।

केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार भूगोलतर्फको मतगणना गर्न बाँकी छ। भूगोलबाहेक अन्य समूहको मतगणना अन्तिम चरणमा पुगेको उनले बताए।

‘भूगोलभन्दा बाहेक अरूको करिब आइसक्यो। भोलिसम्म सबै मतपरिणाम आइसक्छ भन्ने विश्वास छ,’ कटुवालले भने।

मतगणना सम्पन्न भएपछि कांग्रेसको नयाँ नेतृत्व चयनको अन्तिम परिणाम सार्वजनिक हुनेछ।

प्रतिक्रिया दिनुहोस्