काठमाडौं । दक्षिण अफ्रिकी मानवअधिकार कानुन व्यवसायी नवनितेम ‘नाभी’ पिल्लेले सन् २०२६ को नोबेल शान्ति पुरस्कार प्राप्त गरेकी छन्। अन्तर्राष्ट्रिय कानुनको प्रवर्द्धन तथा युद्ध अपराध, मानवताविरुद्धका अपराध र नरसंहारमा संलग्नलाई जवाफदेही बनाउन योगदान पुर्याएको भन्दै उनलाई यो पुरस्कार प्रदान गर्ने निर्णय गरिएको हो।
पिल्लेले दक्षिण अफ्रिकाको उच्च अदालतमा न्यायाधीशका रूपमा काम गरेकी छन्। उनी रुवान्डा नरसंहारसम्बन्धी अन्तर्राष्ट्रिय फौजदारी न्यायाधिकरणमा पनि न्यायाधीश थिइन्। सन् २००८ देखि २०१४ सम्म उनले संयुक्त राष्ट्रसंघको मानवअधिकार उच्चायुक्तका रूपमा काम गरेकी थिइन्।
यौन हिंसालाई युद्ध अपराध र मानवताविरुद्धका अपराधका रूपमा स्थापित गर्न तथा नरसंहारका घटनामा न्याय सुनिश्चित गर्न पनि पिल्लेको महत्त्वपूर्ण भूमिका रहेको छ। नोबेल समितिले अन्तर्राष्ट्रिय कानुनलाई बलियो बनाउन र गम्भीर अपराधमा संलग्नलाई कानुनी दायरामा ल्याउन उनले पुर्याएको योगदानको कदर गर्दै पुरस्कार दिने निर्णय गरेको जनाएको छ।
२०२६ को नोबेल शान्ति पुरस्कारका लागि पिल्लेसहित विभिन्न व्यक्ति तथा संस्थाहरू मनोनयनमा परेका थिए। पुरस्कार वितरण समारोह आगामी डिसेम्बर १० मा नर्वेको राजधानी ओस्लोमा हुनेछ।











प्रतिक्रिया दिनुहोस्