काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बुधबार चौथो दिनको बन्दसत्र सम्पन्न हुँदैछ । बन्दसत्रमा सभापति गगनकुमार थापासहित पार्टीका शीर्ष नेताले प्रस्तुत गरेका चार वटा प्रतिवेदन पारित गर्ने कार्यक्रम छ ।
महाधिवेशन प्रतिनिधिहरूले सभापति थापाको राष्ट्रिय पुनर्जागरण र समुन्नतिको राजनीतिक प्रस्ताव, उपसभापति विश्वप्रकाश शर्माको ‘राजनीतिक संस्कृतिको क्षय र युगानुकूल रूपान्तरणको अभिभारा’सम्बन्धी समसामयिक प्रस्ताव, महामन्त्री गुरुराज घिमिरेको संगठनसम्बन्धी प्रतिवेदन र कोषाध्यक्ष उमेश श्रेष्ठको आर्थिक प्रतिवेदनमाथि छलफल गरेका छन् ।
गत सोमबारदेखि ती प्रतिवेदनमाथि महाधिवेशन प्रतिनिधिहरूले धारणा राख्दै आएका थिए । छलफलमा सातै प्रदेशका प्रतिनिधिसँगै भ्रातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधिसमेत सहभागी भएका छन् ।
प्रतिवेदनमाथिको छलफल सकिएपछि बुधबारको बन्दसत्रबाट चारवटै प्रतिवेदन पारित गर्ने तयारी गरिएको हो ।











प्रतिक्रिया दिनुहोस्