काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले पार्टीको १५औँ महाधिवेशनले कांग्रेसलाई नयाँ ऊर्जा दिँदै नेतृत्वमा पुस्तान्तरणको आधार तयार गर्ने बताएका छन् ।
आइतबारदेखि सुरु भएको कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै घिमिरेले बदलिँदो परिस्थितिअनुसार पार्टीलाई नयाँ ढङ्गले अघि बढाउने बताए ।
उनले राजनीतिमा राष्ट्र र जनतालाई केन्द्रमा राखेर कांग्रेस नयाँ चरणमा प्रवेश गर्ने बताए । मुलुकलाई स्पष्ट दिशा दिन महाधिवेशनबाट नयाँ नीति तथा कार्यक्रम ल्याइने उनको भनाइ थियो ।
घिमिरेले कांग्रेसले बीपी कोइरालाको सपना पूरा गर्दै देश र जनतालाई समुन्नत, खुसी र समृद्ध बनाउन तथा राष्ट्रको प्रतिष्ठा बढाउन भूमिका खेल्ने बताए।











प्रतिक्रिया दिनुहोस्