काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको १५औँ महाधिवेशन आइतबार उद्घाटन गरेका छन् ।
खुलामञ्चमा आयोजित उद्घाटन समारोहमा सभापति थापाले कांग्रेसका संस्थापक तथा अग्रज नेताहरूको तस्बिरमा माल्यार्पण गरेपछि दीप प्रज्वलन गरेर महाधिवेशन उद्घाटन गरेका हुन् ।
त्यसपछि थापाले बिरुवामा जलसमेत सेचन गरेका छन् । कार्यक्रममा सहभागी विभिन्न राजनीतिक दलका नेताहरूले पनि कांग्रेसका अग्रज नेताहरूको तस्बिरमा माल्यार्पण गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्