images
images

हिम्लुङ हिमपहिरोमा सम्पर्कविहीनको खोजी जारी, दुई शव काठमाडौं ल्याइयो

काठमाडौं । मनाङको हिम्लुङ हिमालमा गएको हिमपहिरोमा परेर सम्पर्कविहीन भएकाहरूको खोजी तथा उद्धार कार्यलाई तीव्र पारिएको छ ।

आइतबार बिहान नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा हिमपहिरो गएको थियो । हिमपहिरोमा परेर करिब १० जना सम्पर्कविहीन भएको प्रारम्भिक विवरण आए पनि यकिन संख्या अझै पुष्टि हुन सकेको छैन ।

सम्पर्कविहीनहरूको खोजीका लागि हेलिकप्टरबाट सम्भावित क्षेत्रमा निगरानी गर्नुका साथै उद्धार टोलीले घटनास्थलमै पुगेर खोजी गरिरहेको मनाङ प्रशासनले जनाएको छ ।

हिमपहिरोपछि आइतबार उद्धार गरिएका दुई जनाको शव चामे ल्याइएको थियो । मनाङका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलका अनुसार ती दुवै शव सोमबार काठमाडौं ल्याएर शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ ।

सम्पर्कविहीनहरूको अवस्था पत्ता लगाउन सुरक्षाकर्मी तथा उद्धार टोली परिचालन गरिएको छ । घटनाको विस्तृत विवरण संकलन गर्ने र खोजी कार्यलाई निरन्तरता दिने प्रशासनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्