images
images

नेपाली महिलाको भावना र आस्थाको धरोहर ‘तीज’ : गगन थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले हरितालिका ‘तीज’ नेपाली महिलाको भावना, आस्था र सांस्कृतिक पहिचानसँग जोडिएको महत्वपूर्ण पर्व रहेको बताएका छन्।

तीजको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै थापाले नेपाल विभिन्न धर्म, संस्कृति, संस्कार र परम्पराले सम्पन्न मुलुक भएको उल्लेख गरेका छन्। उनले चाडपर्व केवल उत्सव मनाउने अवसर मात्र नभई पुस्तौँदेखि सामाजिक जीवन, पारिवारिक सम्बन्ध र सांस्कृतिक पहिचानलाई जोड्ने माध्यमका रूपमा रहँदै आएको बताएका छन्।

“चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएका छन्। हाम्रा चाडपर्वले नेपाली समाजको सांस्कृतिक मौलिकता, पारिवारिक सम्बन्ध र सामाजिक सद्भावलाई मजबुत बनाउँदै आएका छन्,” थापाले सन्देशमा भनेका छन्।

हरितालिकाले सम्पूर्ण नेपालीको जीवनमा सुख, शान्ति, सु–स्वास्थ्य, समृद्धि र आत्मीयता थपोस् भन्ने कामना गर्दै थापाले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनीलाई आफ्नो र पार्टीका तर्फबाट तीजको शुभकामना व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्